Thursday, August 29, 2019

महर्षि दयानन्द सरस्वती जी का अमूल्य उपदेशहरु



महर्षि दयानन्द सरस्वती जी का अमूल्य उपदेशहरु

प्रस्तुति- प्रियांशु सेठ
नेपाली अनुवादक- नबराज आर्य

१. जस्तै जाडो बाट आतुर पुरुष ले अग्नि को सम्प जाँदा खेरी चिसो निवृत्त हुन जान्छ त्यस्तै गरेर परमेश्वर को समीप प्राप्त हुँदा सब दोष दुःख छूटेर परमेश्वर कै गुण कर्म स्वभाव को सदृश जीवात्मा को गुण कर्म स्वभाव पवित्र भएर जान्छन्। (सत्यार्थप्रकाश समुल्लास ७)

२. जो परमेश्वर को स्तुति, प्रार्थना र उपासना गर्दैन त्यो कृतघ्न अनि महामूर्ख पनि हुन्छ किनकी जो परमात्मा ले यो जगत् का सब पदार्थ सुखको लागि दिई रहेका छन् उनको गुण भूल्नु ईश्वर को नैं न मान्नु कृतघ्नता अनि मूर्खता हो। (सत्यार्थप्रकाश समुल्लास ७)

३. जस्तै कोही अनन्त आकाश लाई भनुन् कि गर्भ मा आयो या मूठ्ठीमा समाईयो यस्तो भन्नु कहिल्यै साँचो हुन सक्दैन, किनकी आकाश अनन्त अनि सबैमा व्यापक छ। यसबाट न आकाश बाहिर आता आउँछ न भीत्र जान्छ त्स्तै अनन्तर सर्वव्यापक परमात्मा को हुँदा खेरी उसको आउनु कहिल्यै पनि सिद्ध हुन सक्दैन। (सत्यार्थप्रकाश समुल्लास ७)

४. जो मनुष्य जे कुराको प्रार्थना गर्दछन् उसलाई त्यस्तै नैं व्यबहार गर्नु पर्दछ अर्थात् जस्तै सर्वोत्तम बुद्धिको प्राप्ति को लागि परमेश्वर को प्रार्थना गर्नु उसको लागि जति आफु द्वारा प्रयत्न हुन सक्छ त्यति नैं गर्ने गर्नु अर्थात् अफ्नो पुरुषार्थ को उपरान्त प्रार्थना गर्नु योग्य हुन्छ। (सत्यार्थप्रकाश समुल्लास ७)

५. दिन र रात्रि को सन्धि मा अर्थात् सूर्योदय अनि अस्त समयमा परमेश्वर को ध्यान र अग्निहोत्र अवश्य गर्नु पर्दछ। (सत्यार्थप्रकाश समुल्लास ४)

६. जब तक यो होमको प्रचार रह्यो तब तक आर्य्यावर्त्त देश रोगहरु बाट रहित र सुख बाट पूरित थियो अब पनि प्रचार भयो भनें  त्यस्तै नै हुन जान्छ। (सत्यार्थप्रकाश समुल्लास ७)

७. यो प्रत्यक्ष सृष्टि मा रचना विशेष आदि ज्ञानादि गुणहरुको प्रत्यक्ष हुँदा खेरी परमेश्वरको पनि प्रत्यक्ष हुन्छ। (सत्यार्थप्रकाश समुल्लास ७)

८. 'जो इच्छा, द्वेष, सुख, दुःख अनि ज्ञानादि गुणयुक्त अल्पज्ञ नित्य छन् उसै को "जीव" मन्दछु।' (सत्यार्थ.-स्वमन्त.)

९. क् पाषाणादि मूर्तिपूजा बाट परमेश्वर लाई ध्यानमा कहिल्यै ल्याउन सकिन्छ? अहँ, मूर्तिपूजा सीढ़ी हैन किन्तु एक ठूलो खाल्डो हो जहाँ गिरेर चकनाचूर हुन जान्छ। (सत्यार्थप्रकाश समुल्लास ११)

१०. जस्तै "शक्कर-शक्कर" भनेर मुख मीठो हुँदैन त्यस्तै सत्यभाषणादि कर्म गरे विना "राम-राम" भन्नाले केहि पनि हुँदैन। (सत्यार्थप्रकाश समुल्लास ११)

११. चारै वेदहरुमा यस्तो कहिं लेखेको छन जसलबाट अनेक ईश्वर सिद्ध होस् किन्तु यो त लेखेको छ ईश्वर एक छ। (सत्यार्थप्रकाश समुल्लास ७)

१२. जुन परमात्मा उन आदि सृष्टि का ऋषिहरु लाई यदि वेद विद्या पढाउँथेन भनें र उनिहरु अन्यलाई नपढ़ाउँथे त ति सबै मानिस अविद्वान् नैं रहन्थे। (सत्यार्थप्रकाश समुल्लास ७)

१३. वेद परमेश्वरोक्त हो वेदकै अनुसार सबै मानिसहरु लाई चल्नु पर्छ अनि जो कोई कसै सँक सोधुन कि तिम्रो के मत हो तब यही उत्तर दिनु कि हाम्रो मत वेद, अर्थात् जो वेदों मा भनिएको छ हामि त्यो मान्छौं। (सत्यार्थप्रकाश समुल्लास ७)

१४. जो परमात्मा वेद का प्रकाश नगरुन् त कोही पनि केही पनि बनाउन सक्दैनन् यसैले वेद परमेश्वरोक्त हो यिनैको अनुसार सब मानिसहरु ले चल्नु पर्छ। (सत्यार्थप्रकाश समुल्लास ७)

१५. जो बाहिर भित्रलाई पवित्रता गर्नि, सत्यभाषणादि आचरण गर्नु छ उ जहां कहीं गर्छ आचरण र धर्म भ्रष्ट कहिल्यै हुँदैन अनि जो आर्यावर्त्त मा रहेर दुष्टाचार गर्छ वही धर्म र आचार भ्रष्ट कहलिन्छ। (सत्यार्थप्रकाश समुल्लास १०)

१६. कलियुग नाम काल (समय) हो, काल निष्क्रिय हुँदा खेरी केही धर्माधर्म को काजमा साधक बाधक हुन्न। (सत्यार्थप्रकाश समुल्लास ११)

१७. आपस मा फूट वाट कौरव पाण्डव र यादव को सत्यानाश भयो। परन्तु आज सम्म पनि त्यहि रोग पछाडि लागि रहेको छ। न जाने यो भयंकर राक्षस कहिल्यै छूट्छ या आर्यहरुका सबै सुखबाट छोडाएर दुःख सागर मा डुबाएर मार्छ? (सत्यार्थप्रकाश समुल्लास १०)

१८. पारस मणि पत्थर सुनिन्छ, यो बात झूठे हो। परन्तु आर्यावर्त्त देश नैं सच्चा पारस मणि हो कि जसको लोह रूपी दरिद्रलाई विदेशी छुँदा साथ नै सुवर्ण अर्थात् धनाढ्य हुन जान्छन्। (सत्यार्थप्रकाश समुल्लास ११)

१९. जब मानिस वर्तमान अनि भविष्यत मा उन्नतशील हुँदैनन् तब मानिस आर्यावर्त्त र अन्य देशस्य मनुष्यहरुके बुद्धि हुँदैन। जब बुद्धिको कारण वेदादि सत्य शास्त्रहरुको पठनपाठन, ब्रह्मचर्य्यादि आश्रमहरुको यथावत् अनुष्ठान, सत्योपदेश हुन्छ तब मात्रै देशोन्नति हुन्छ। (सत्यार्थप्रकाश समुल्लास ७)

२०. जो ब्राह्मणादि उत्तम कर्म गर्दछन् उनिहरु नैं हुन् अनि ब्राह्मणादि र जो नीच पनि उत्तम वर्णको गुण कर्म स्वभाव वाला हुन्छन उसको पनि उत्तम वर्णमा अनि जो उत्तम वर्णस्थ भएर पनि नीच काम गर्छन भनें उसलाई नीच वर्णमा अवश्य गन्नु पर्दछ। (सत्यार्थप्रकाश समुल्लास ४)

२१. जो दुष्ट कर्मचारी द्विज लाई श्रेष्ठ, कर्मकार शूद्रलाई नीच मानियो भनें यस कुरामा जस्तो पक्षपात् अन्याय, अधर्म दोश्रो अधिक के हुन् जान्छ?

२२. जो विद्यादि सद्गुणहरुमा गुरुत्व छैन झूठमूटमा कण्ठी, तिलक, वेद विरुद्ध मन्त्रोपदेश गर्नेहरु हुन्छन् तिनि गुरु मात्रै नभएर किन्तु गडरियेस हुन्। (सत्यार्थप्रकाश समुल्लास ११)

२३. "जो धर्मयुक्त उत्तम काम गर्छन्, सदा परोपकारमा प्रवृत्त हुन्छन्, कोई दुर्गुण जिसमा छैन, विद्वान् सत्योपदेश मार्फत सबैको उपकार गर्छन्, तिनिहरुलाई साधु भन्दछन्।" (सत्यार्थप्रकाश समुल्लास ११)

२४. जस्तै गृहस्थ व्यवहार अनि स्वार्थमा परिश्रम गर्दछन् उनबाट अधिक परिश्रम परोपकार गर्नमा संन्यासी पनि तत्पर रहन्छन् तब सब आश्रम उन्नति मा रहन्छन्। (सत्यार्थप्रकाश समुल्लास ११)

२५. संन्यासिहरुको मुख्य कर्म यही हो कि सब गृहस्थादि आश्रमहरुलाई सब प्रकारका व्यवहारहरुको सत्य निश्चय गरि अधर्म व्यवहार बाट छुड़ाएर सब संशयहरुलाई छेदन गराई सत्य धर्मयुक्त व्यवहारहरुमा प्रवृत्त गर्ने। (सत्यार्थप्रकाश समुल्लास ५)

२६. उत्तम दाता उसलाई भनिन्छ जो देश, काल जानेर सत्य विद्या धर्मको उन्नति रूप परोपकारार्थ दिउन। (सत्यार्थप्रकाश समुल्लास ११)

२७. जिसको शरीरमा सुरक्षित वीर्य रहन्छ तब उसको आरोग्य, बुद्धि, बल, पराक्रम बढ़ि धेरै सुख प्राप्ति हुन्छ। (सत्यार्थप्रकाश समुल्लास २)

२८. अनेक प्रकार का मद्य, गांजा, भांग, अफीम आदि- जो-जो बुद्धि लाई नाश गर्ने पदार्थ छन् उनका सेवन कहिल्यै नगर्नु। (सत्यार्थप्रकाश समुल्लास १०)

२९. हेर जब आर्य राज्य थियो तब महोपकारक गाई आदि मारिदैनथे, तब आर्यावर्त्त सहित अन्य भूगोल देशहरुमा बड़सआनन्दमा मनुष्यादि प्राणी रहन्थे। किनकी दूध, घी, साँढे आदि पशुहरुको बाहुल्यता हुँदा खेरी अन्न रस पुष्कल हुन्थे। (सत्यार्थप्रकाश समुल्लास १०)

३०. यिनि पशुहरुलाई मारनेहरु लाई सब मनुष्यहरुको हत्या गर्नेहरु हुन भनेर बुझ्नुहोला। (सत्यार्थप्रकाश समुल्लास १०)

३१. सन्तानलाई उत्तम विद्या, शिक्षा, गुण, कर्म अनि स्वभाव रूप आभूषण धारण गराउनु माता, पिता, आचार्य र सम्बन्धिहरुको मुख्य कर्म हो। (सत्यार्थप्रकाश समुल्लास ३)

३२. शरीर अनि आत्मा सुसंस्कृत हुदामा धर्म, अर्थ, काम र मोक्ष प्राप्त हुन सक्दछ अनि सन्तान अत्यन्त योग्य हुन्छन् यसैले  संस्कार गर्नु मनुष्यहरुको लाई अति उचित छ। (संस्कार विधि)

३३. भला जुन पुरुष विद्वान् अनि स्त्री अविदुषी र स्त्री विदुषी अनि पुरुष अविद्वान् छन् भनें नित्यप्रति देवासुर संग्राम घरमैं मचाई रहन्छन् फेरी सुख कहां? (सत्यार्थप्रकाश समुल्लास ३)

३४. जस्तो राजा हुन्छ उस्तै उसका प्रजा हुन्छन् यसैले राजा र राजपुरुषहरु लाई अति उचित हो कि कहिल्यै दुष्टाचार न गर्नु किन्तु सब दिन धर्म न्याय द्वारा पालना गरि सबलाई सुधारको दृष्टा बनुन। (सत्यार्थप्रकाश समुल्लास ६)

३५. संसारको उपकार गर्नु यो समाजको मुख्य उद्देश्य हो अर्थात् सामाजिक, आत्मिक र शारीरिक उन्नति गर्नु। (आर्यसमाज का छंठा नियम)

३६. जुन जुन कर्म बाट तृप्त अर्थात् विद्यमान माता पितादि पितर प्रसन्न हुन्छन् र प्रसन्न गराईन्छ यसैको नाम तर्पण हो। परन्तु यो जीवितहरुको लागी हो मृतकको लागि हैन। (सत्यार्थप्रकाश समुल्लास ३)

३७. जब तक यस मनुष्य जाति मा परस्पर मिथ्यामतान्तरको विरुद्ध वाद छुट्दैन तब तक अन्योऽन्य को आनन्द हुँदैन। (सत्यार्थप्रकाश उत्तरार्द्ध अनुभूमिका)

३८. सब मनुष्यहरुलाई न्याय दृष्टि बाट चलाउनु अति उचित छ। मनुष्यको जन्म हुनु सत्यासत्य को निर्णय गर्न गराउनको लागि हो न कि वादविवाद विरोध गर्न गराउनको लाग। (सत्यार्थप्रकाश अनुभूमिका)

३९. जुन कुरामा सहस्र एकमत हुन्छ त्यो वेदमत ग्राह्य हो अनि जिसमा परस्पर विरोध हुन्छ त्यो कल्पित झूठो, अधर्म अग्राह्य हो। (सत्यार्थप्रकाश समुल्लास ११)

४०. जो कोई दुःख लाई छुटाउन र सुखलाई प्राप्त गर्न चाहन्छन् उनिहरु अधर्मलाई छोड़ि धर्म अवश्य गर्नु, किनकि दुःखको पापाचरण र सुखको धर्माचरण मूल कारण हो। (सत्यार्थप्रकाश समुल्लास ९)

४१. यही सज्जनहरुको रीति हो कि आफ्नो र पराई दोषलाई दोष र गुणलाई गुण जानेर गुणलाई ग्रहण र दोषलाई त्याग गरुन् अनि हठिहरु का हठ दुराग्रह न्यून गर्नु गराउनु। (सत्यार्थप्रकाश अनुभूमिका समुल्लास १४)

४२. पूर्व जन्मका पुण्य पाप अनुसार वर्तमान जन्म र वर्तमान तथा पूर्व जन्मको कर्मानुसार भविष्यत जन्म हुन्छन्। (सत्यार्थप्रकाश समुल्लास ९)

४३. जस्तै यो पृथ्वी जड़ हो त्यस्तै सूर्यादि लोक पनि हुन्, अनि ति ताप र प्रकाशादि भिन्न केही पनि गर्न सक्दैनन्। (सत्यार्थप्रकाश समुल्लास २)

४४. कसैले भन्छ कि माता पिता को बिना सन्तानोत्पत्ति भयो, कसैले मृतकलाई ब्युँतायो, पहाड़ उठायो, समुद्र मा पत्थर तैरायो, चन्द्रमाको टुक्रा पार्यो, परमेश्वर को अवतार भयो, मनुष्यका सींग देखियो अनि वन्ध्या का पुत्र पुत्री को विवाह गरियो, इत्यादि सब असम्भव हुन् किन की यि सबै बातहरु सृष्टिक्रम को विरुद्ध हुन्। (सत्यार्थप्रकाश समुल्लास ३)

४५. "सब मनुष्यहरुलाई उचित छ कि सबैको मतविषयक पुस्तकहरुलाई बुझेर केही सम्मति वा असम्मति दिउन् वा लेखुन् नत्र सुन्ने गरुन्।" (सत्यार्थप्रकाश अनुभूमिका समुल्लास १३)

४६. मनुष्यको जन्म हुनु सत्यासत्य लाई निर्णय गर्नु कराउनुको लागि हो, न कि वादविवाद विरोध गर्न गराउनको लागि। (सत्यार्थप्रकाश)

४७. जब सत्पुरुष उत्पन्न भएर सत्योपदेश गर्दछन् तब अन्धपरम्परा नष्ट भएर प्रकाशको परम्परा चल्दछ। (सत्यार्थप्रकाश समुल्लास ११)

४८. विद्वान् ज्ञानिहरुको यही मुख्य काम हो कि उपदेश व लेख द्वारा सब मनुष्यहरुको सामने सत्यासत्य को स्वरूप समर्पित गरि दिनु। (सत्यार्थप्रकाश भूमिका)

४९. परमात्मा सबको मनमा सत्य मत को यस्तो अंकुर उमारुन् कि जस बाट मिथ्यामत छिटै नैं प्रलय को प्राप्त होस। (सत्यार्थप्रकाश समुल्लास १०)

५०. यदि तपाईंलाई सत्यमत ग्रहण गर्ने इच्छा छ भनें वैदिक मतलाई ग्रहण गर्नुहोस्। (सत्यार्थप्रकाश समुल्लास १४)

।।ओ३म्।।

Thursday, August 15, 2019

स्वामी श्रद्धानन्दजी को कलम बाट- रक्षाबन्धनको संदेश



स्वामी श्रद्धानन्दजी को कलम बाट- रक्षाबन्धनको संदेश

('रक्षाबन्धन' पर्वमा विशष रुपले प्रकाशित)

माता द्वारा पुत्र माथि जुन उपकार छन् उसको संसारमा सीमा छैन। यहि कारण हो कि हर समय अनि हर देशमा मातृशक्तिको स्थान अन्य शक्तिहरु भन्दा उच्च बुझिन्छ। जहाँ यस्तो हुँदैन वहां सभ्यता र मनुष्यताको अभाव बुझिन्छ।
जब त्यो मातृशक्ति उंचा स्थानमा रहन्छ त त्यो श्रद्धा र भक्तिको अधिकारिणी हुन्छ। अनि जब त्यो बराबरीमा आउँछ त बैनीको रुपमा भाई मा प्रेम अनि रक्षाका अन्य साधारण अधिकार राख्छ। एक सुशिक्षित सभ्य देशका आमाहरु पुजिन्छन् दिदि बहिनी प्रेम अनि रक्षाका अधिकारिणी मानिन्छन् अनि छोरीहरु भविष्यका आमाहरु अनि भविष्यका दिदी बहिनीहरु हुनाको कारण त्यो चिन्ता अनि सावधनता द्वारा शिक्षण पाउँदछन्, जो बालकहरुलाई पनि भाग्यमा हुँदैन। यो एक उन्नत अनि सभ्य जातिको चिन्ह हुन्।

भारतको स्वतन्त्र सुन्दर प्राचीनकालमा माताहरु, दिदी बहिनीहरु एवं छोरीहरुको यथायोग्य पूजन रक्षण र शिक्षण हुन्थ्यो। यसै कारण भारतकी महिलाहरु प्रत्युत्तरमा पुरुषहरुलाई आशीर्वाद दिन्थे, उनिहरुलाई नामको अधिकारिणी बनाउँदथे, उनिहरुलाई जन्मघुट्टीको साथ वीरता र स्वाधिनताको अमृत पिलाउँदथे। तिनै पूजा पाएका माताहरुको आशिर्वाद थियो जस कारण भारतवासीहरुमा आत्मसम्मान थियो। पाण्डव वीर थिए, तर यो बिर्सन हुँदैन कि उनिहरुलाई अाफ्नो ‘पांडव’ यो उपनाम त्यति प्यारो थिएन, जति प्यारो ‘कौन्तेय’ थियो। रामको सब भन्दा प्यारो नाम ‘कौशल्या नन्दन‘ हो। उनिहरु वीर माताको नाम बाट आफ्नो नाम कमाउन अपमान मान्दैनथे- त्यसलाई अझ एकदम राम्रो मान्थे, उनिहरु माथि आमाहरुको आशिर्वाद फल्नुको कारण यहि थियो। राजपूतहरुमा स्त्री जातिको रक्षा गर्नु आवश्यक धर्म मानिन्थ्यो। रक्षाबन्धन त्यसै कुराको एक अधुरो शेष हो। यस दिन दिदी बहिनी अनि दाजू भाई देशका अवलाहरु अनि वीर पुरुषहरुमा परस्पर रक्षा-रक्षक संबन्धलाई अझै दृढ गर्ने दिन हो। जब भारतमा सावाधीनता आत्म सम्माना र यश को कुनै पनि मुल्य मानिन्थ्यो, तब देशका नवयुवक आफ्नो देश दिदी बहिनीहरुको मानमर्यादाको रक्षाको लागि आफ्नै प्राणको बलि दिन मा आफ्नो अरोभाग्य मान्दथे।
परन्तु आजको कस्तो दशा छ? पाठक अचम्मित नहुनु कि हामि सबै स्त्री शिक्षा अनि विधवा विवाहको रोईलो लिएर बस्छौं भन्ने जानेर। यस्तो रोईलो रुदै-रुदै आधि शताब्दि बितेर गयो अनि अब त्यसको असर देशका सबै विचारशिलहरु मा छ। हामिले त आज आफ्ना पाठकहरुलाई केवल यो अनुभव गराउँन चाहान्छौं कि स्त्री जातिका प्रति भारत वासिहरुको जो वर्तमान भाव छ त्यो कति हीन अनि तुच्छ छ। यो याद राख्नु पर्छ कि जो जाति मातृशक्तिहरुको यति हीन अनि तुच्छ मान्छन्, त्यो त्यो दासताको नैं अधिकारिणी हो। हाम्रो हरेक व्यबहारमा हाम्रा शहर गाउँका हरेक कुना कुनामा हाम्रा असभ्य र सभ्य जनताहरुको मुखमा दिन-रात माताहरु अनि दिदि बहिनीहरुको नाम प्रयोग गरेर कैयौं गाली निकालिन्छन्। लडाई पूरुष सँग, गाली र बेईज्जती आमा अनि दिदी बहिनीहरुको लागी। यदि कसैको बदनाम गर्नु छ भनें सबै भन्दा सरल उपाय उसका दिदि बहिनी को बदनाम गर्नु मानिन्छ। सामाजिक स्थितिमा स्त्रिहरुलाई अछुतहरु भन्दा बढेर गनिने गरिन्छ। हाम्रा सभा सोसाईटीहरुमा उनिहरुलाई योग्य मानिदैन।

स्त्री जाति माथि शत्रुको आक्रमण एक यस्तो घटना हुन्थ्यो कि त्यस उपर हाम्रा वीर पुरुषहरुको मात्र नभएर साधारण मानिसहरुको पनि खुब खुन उम्लन्थ्यो। आफ्नी स्त्रीको रक्षाको लागी रामले रावण मारे। द्रौपदीको अपमानको बदला लिनको लागी पाण्डवहरुले कुरुकुलको संहार गरे। केवल महिलाहरुको मान रक्षाको लागी राजपुतहरुमा कैयौं युद्ध भए अनि फेरी महिलाहरु पनि आफ्नो निज दिदि बहिनी व छोरी नभई आफ्नै जातिका। आज हामिहरु आफ्नै माताहरु एवं दिदि बहिनीहरुको लागी फोहर भन्दा फोहोर गालीहरु सुन्छौं अनि चुप रहन्छौं। विदेशी लेखक अनि समाचारपत्रहरु र ग्रन्थहरुमा हाम्रा स्त्री जातिका लागी निरादर सूचक शब्द लेख्छन् अनि हामिहरु ति पढेर चुप रहन्छौं। यति मात्र हैन, पोहोर साल को मार्शलताको घटनाको याद गर्नुहोस्। एक विदेशी अफिसर आउँछ र भारत पुत्रिहरु र माताहरुलाई गाउँ बाट बाहिर बोलाउँछ, तिनका घुम्टा आफ्ना छडीले उठाउँछ, उनिहरुलाई थुक्छ, उनिहरुलाई फोहोरी फोहोरी गाली गर्छ र भारत वासी हुन्, जो यसमा प्रस्ताव पास गर्छन्। के कुनै जिवित जातिमा स्त्रिहरु माथि का यस्ता अत्याचार सहन सकिन्थ्यो? के कुनै जानदार देशमा यस्तो अपमान गर्ने व्यक्ति एक मिनेट पनि रहन सक्छ? हामी प्रश्न गर्छौ कि के रामको समयका क्षत्रिय, के भीम र अर्जुन,के हम्मीर र सांगाको समयका राजपूत अनि के शिवाजीका मराठाहरु यस्ता जातिय अपमानको क्षण भर पनि सहन्थे? के भारतको भूमि यस्तो तिरस्कारको पछि पनि शान्त रहन्थ्यो? कहिल्यै नि रहन्थेन, उसमा भूडोल आउथ्यो जस्मा शासकहरुको दर्प र पापीहरुको पापको चकनाचुर हुन्थ्यो। तर हाय! यो आत्म सम्मानको भाव यो अभागी देशमा बाँकि रहेन। माताहरु एवं दिदी बहिनिहरुको लागि त्यो अतुल भक्ति र प्रेमको भाव अब भारत बासिहरुमा रहेन।

रक्षाबन्धन तिनै भावहरुको चिन्ह थियो। आज पनि त्यो केही सन्देश राख्दछ। आज पनि त्यो अवलाको पुकार देशवासिहरुको कानमा पुर्याउन सक्छ- तर यदि कोही सुन्नेवाला छ भने। जसको कान छ त्यो रक्षाबन्धनको संदेशको अनि अबलाहरुको पुकारलाई सुन्न सक्छ। यदि त्यो पनि सुन्न नसके त फेरी हे देश वासीहरु! आफ्नो भविष्य देखी निराश होउ। तिमिहरु जिउनुको न कोही राम्रो हो न त्यसको आशा नै छ। जुन जातिका पुरुष आफ्ना माता, दिदी बहिनी र पुत्रीको मानको रक्षा गर्न सक्दैनन्, ति जातिहरु यो भूतल बाट धोईएर जानु नैं योग्य छ।

-श्रद्धा पत्रिका, ३ सितम्बर १९२० बाट उद्धत

प्रस्तुति- प्रियांशु सेठ
नेपाली अनुवादक- नबराज आर्य