Tuesday, October 10, 2023

*प्रभु काो स्मरण नैं परमात्मा को अर्थात् मुक्ति द्वार को चाबी हो ...**।


 


*तीन नौजवान एक टुलो होटल मा बस्न गए ..७५औं तलामा बल्ल उनिहरुलाई कोठा मिल्यो ।

एक दिन कतै बाहिर घुम्न गएका थिए तर देरै अबेला भएको ले रात को १२ बजे लिफ्ट कुनै कारणले बन्द भएको रहेछ ।त्यसैले तिनै जना सिंढि बाट माथि चढ्दै गए ।बोर नहोस् र सिंढी चढेको नि त्यति महसुस नहोस् बनेर एक जनाले ठट्टै ठट्टा गर्दै हँसिला चुटकिला सुनायो र २५ तला सजिलै चढे , त्यस पछि अर्काले मिठा मिठा मनै हर्ने गित गायो र ५० सौं तला सम्म पनि सहजै चढे । तेस्रो साथिले जिन्दगीका तिता मिठा अनुभव, काम , रोग मोह मायाँ आदिको बारेमा सुनायो र ७५ औं तला सम्म जसो तसो आई पुगे ।त्यस पछि कोठाको चाबि खोलेर भित्र पस्न लाग्दा त झल्याँस्स यो सम्झे कि त्यो कोठाको चाबि त तल रिसेप्सनमैं भुलेर आएछन् ..त्यस पछि त्यो कहाली लाग्दो र बोर हुने चढाई सम्झेर तिनै जना त्यहिं धड्याम्मै लाचार , बेदम भएर गिरे ....॥

यसरी नैं मानिसले पनि आफ्नो जीन्दगीको २५ बर्ष खेल-कूद , हंसि मजाकमै ब्यर्थ बिताउँछ । अर्को २५ बर्ष नोकरी , ब्यबसाय,ब्याह , बच्चा बच्ची अनि फेरी तिनकै लालन पालन , बिबाह र धनआर्जन गरी उनैको लागी जिवन समर्पित गर्दै आफ्नो स्वर्णिम समय ब्यर्थ बिताउँछ । यसै गरी अर्को २५ बर्ष यदि बाँच्यो भनें बिमारी, डाक्टर, अस्पतालकै चक्कर र उनैको खटन पटनमा दुःख भोग्दै ब्यर्थमैं जिवन बिताउँछ । 
जब मर्ने बेला अर्थात मुक्ति द्वारमा पुग्छ तब चाबि ल्याउन भुल्दा अर्थात् जन्मको उद्देश्य भुल्दा फेरी कैयौं जुनीको दुःख भोग्नको लागी फेरी फेरी जन्म मृत्युको फसि रहन्छ ।

*प्रभु काो स्मरण नैं परमात्मा को अर्थात् मुक्ति द्वार को चाबी हो ...**।

अतः आउनुहोस् आफ्नो कर्तब्य गर्दै हर समय प्रभुकै सुमिरन गरौं .... अनि राम्रो कर्म गरौं ता कि भगवान को द्वार अर्थात् मुक्तिको द्वारमा पुगेर फेरी पछुताउन नपरोस् ।
आजै बाट नै ईश्वरको स्तुति प्रार्थाना र उपसना आरम्भ गर्न शुरु गरौं ।
ओ३म् सम् ।