सरस्वती पूजाको वैदिक पक्षओ३म्
(दार्शनिक विचार- डा. विवेक आर्य)
देशभरमा हिन्दु समाजले "सरस्वती पूजन"का अवसरमा सरस्वती देवीको पूजा गर्दछौँ। सरस्वती पूजाको वैदिक पक्ष आजको विषय हो । विद्यालयमा पनि सरस्वती गान गर्ने गरिन्छ।
सत्यार्थ प्रकाशको प्रथम समुल्लासमा सरस्वती को परिभाषामा स्वामी दयानन्दले लेख्नुभएको छ कि जसमा अखण्ड रूपमा विज्ञान विद्यमान छ उस परमेश्वरको नाम सरस्वती हो। जसमा विविध विज्ञान अर्थात् शब्द, अर्थ, सम्बन्ध, प्रयोगको ज्ञान यथावत हुनाले परमेश्वरको नाम सरस्वती हो ।
चारै वेदमा सय भन्दा बढि मन्त्रमा सरस्वती को वर्णन छ। वेदमा सरस्वती का चार अर्थमा प्रयुक्त भएका छन्। ती हुन- पहिलो -विद्या, वाणी, विज्ञानदाता परमेश्वर। दोश्रो- विदुषी, विज्ञानवती नारी । तेस्रो - सरस्वती नदी र चौथो वाणी ।
वेदमा सरस्वतीका लागि मुख्य रूपले पावका अर्थात् पवित्र गर्नेवाली, वाजिनीवति अर्थात् विद्या सम्पन्न, चोदयित्री अर्थात् शुभ गुणहरु ग्रहण गर्नेवाली, भारती अर्थात् श्रेष्ठ बुद्धिले युक्त, केतुना अर्थात् ईश्वर विषयणी बुद्धिले युक्त, मधुमतिम अर्थात् धेरै मधुर आदि विशेषण प्रयुक्त भएका छन्।
निघण्टुमा वाणीका २७ नामहरु छन्, ती मध्ये एक सरस्वती हो । अर्थात् सरस्वतीको अर्थ वेदवाणी हो । ब्राह्मण ग्रन्थ वेद व्याख्यानका प्राचिनतम ग्रन्थ हुन। तिनमा पनि सरस्वतीका अनेकन् अर्थ बताइएको छ । ती मध्ये केही यस प्रकार छन्,-
१. वाक् सरस्वती।। सरस्वती वाणी हुन्। (शतपथ ७।५।१।३१)
२. वाग् वै सरस्वती पावीरवी।। वाग् पावीरवी सरस्वती हुन् ।(शतपथ: ७।३।३९)
३. जिह्वा सरस्वती।। जिह्ना लाई सरस्वती भनिन्छ ।( शतपथ १२।९।१।१४)
४. सरस्वती हि गौः।। वृषा पूषा। गौ सरस्वती हुन् अर्थात् वाणी, रश्मि, पृथिवी, इन्द्रिय आदि। अमावस्या सरस्वती हुन । स्त्री, आदित्य आदि का नाम सरस्वती हुन । (शतपथ: २।५।१।११)
५. अथ यत् अक्ष्योः कृष्णं तत् सारस्वतम्।। आँखाको कालो अंश सरस्वती का रूप हुन्। (शतपथ: १२।९।१।१२)
६. अथ यत् स्फूर्जयन् वाचमिव वदन् दहति। जलिरहेको अग्निबाट जुन आवाज़ आउँछ, त्यो अग्निको सारस्वत रूप हो । ( ऐतरेय ३।४)
७. सरस्वती पुष्टिः, पुष्टिपत्नी। सरस्वती पुष्टि हुन, तथा पुष्टि बढ़ानेवाला हुन् ।( तैत्तिरीय २।५।७।४)
८. एषां वै अपां पृष्ठं यत् सरस्वती। जल को पृष्ठ सरस्वती हुन् ।(तै0 १।७।५।५)
९. ऋक्सामे वै सारस्वतौ उत्सौ। ऋक् तथा साम सरस्वती का नै स्रोत हुन्।
१०. सरस्वतीति तद् द्वितीयं वज्ररूपम्। (कौ0 १२।२)सरस्वती वज्र को दोस्रो रूप हो ।
ऋग्वेद ६।६१ का देवता सरस्वती हुन। स्वामी दयानन्दले यहाँ सरस्वती को अर्थ विदुषी, वेगवती नदी, विद्यायुक्त स्त्री, विज्ञानयुक्त वाणी, विज्ञानयुक्ता भार्या आदि गर्नुभएको छ ।
महाभारतको वनपर्वमा सरस्वती सम्वाद अध्यायमा भनिएको छ कि, सरस्वती बोली- म परापर विद्या रुपी सरस्वती हूँ । आन्तरिक भावहरु तथा श्रद्धामा मेरो बास छ जहाँ श्रद्धा र उत्तम भावना छ त्यहाँ म प्रकट हुन्छु । स्वाध्याय रूपी योगमा लागेका तथा तपलाई नै धन मान्ने योगी, व्रत,पुण्य तथा योग का साधनहरुद्वरा जुन परमपद प्राप्त गरेर शोक रहित भइन्छ। त्यो परापर ब्रह्मा म नै हूँ ।
ऋग्वेद १०। १७।४ मा ईश्वरलाई सरस्वती नामले पुकारिएको छ र दिव्य ज्ञान प्राप्तिको ईच्छावाला अखण्ड ज्ञानका भण्डार "सरस्वती" भगवानबाट नै ज्ञानको याचना गर्दछु। उनैलाई पुकार गर्दछु। तथा प्रत्येक शुभ कर्ममा उनको नै स्मरण गर्दछु। ईश्वरले प्रार्थना गर्ने हरुको इच्छा पुरा गरिदिनु हुनेछ। सबै मिलेर ज्ञानका सागर ईश्वरको महान ज्ञान रूपी गुण अर्थात् "सरस्वती " को पूजन गरौँ। वर्षको एक दिन मात्र किन? दैनिक गरौँ, पूरा जीवन गरौँ...! ओ३म् शम्...
नमस्ते...!