Friday, February 14, 2020

पत्नी या धर्मपत्नी

पत्नी या धर्मपत्नी


लेखक- पंडित गंगाप्रसाद उपाध्याय
नेपाली अनुवादक- नबराज आर्य

"पत्नी" शब्दमा पहिले "धर्म" विशेषण किन जोडिन्छ? यो धर्म-युग हैन। यसलाई धर्म-शून्य युग त भन्न सकिदैन, किन कि धर्म शब्द मूर्खता र भ्रांति को पर्याय भएको छ। धर्म लाई उपेक्षा नै गरिन्छ परंतु पत्नी साथमा धर्म लगाउनै पर्दछ र खाली "पत्नी" प्रयोग लाई मानिसहरु शायद अशिष्ट बुझ्न थाले। कुनै अंग्रेजले आफ्नि पत्नी लाई “My dearest wife" अर्थात् प्रियतमा पत्नी लेखि दियो। पत्नि क्रुद्ध भई अनि उत्तरमा लेखि कि व्याकरण सीक अथवा आफ्नो चरित्र सुधार (learn grammar or mend your character).

यसैले "धर्मपत्नी" शब्द चरित्रहीनताको सूचक त हो नैं व्याकरण-अबोधता को पनि द्योतक हो। पति शब्द को स्त्रीलिंग पत्नी हो स्त्री-प्रत्ययान्त अनि पाणिनि मुनिले त यसको अर्थ पनि गरि दिए-

पत्युर्नो यज्ञसंयोगे। (अष्टाध्यायी ४/१/३३)

यसको अर्थ यो भयो कि यदि कुनै स्त्री सँग विधिपूर्वक यज्ञ गरेर विवाह गरियो भने यस्ति स्त्री लाई पत्नी भनिन्छ, किन कि पति शब्दमा ‘न' लगाएर पत्नी बन्छ। हर स्त्री लाई पत्नी भन्न सकिदैन। पति पनि वस्तुतः उहि हो जसले यज्ञ गरेर यथाविधि विवाह गरेको गरेको र जो पत्नीव्रत धर्मलाई त्यसै प्रकारले पालना गर्दछ जस्तै पत्नीले पतिव्रत लाई। यस्तो दशा मा न धर्मपति शब्द बन्छ न धर्मपत्नी। मनुष्यहरुमा व्याकरण को ज्ञान पनि सुधारिन चाहिन्छ र चरित्र पनि।

जसरी पति शब्द 'पा रक्षणे' धातु बाट निक्लेको छ उसै प्रकार पत्नी पनि। पतिको अर्थ हो रक्षक, पत्नीको अर्थ हो रक्षिका। पति पत्नी को रक्षक हो, पत्नी पति को रक्षिका हो अनि दुईटै गृह अर्थात् गृहस्थ जीवनका रक्षक हुन्। अतः गृहपति र गृहपत्नी शब्दका प्रयोग हुन्छन्। पत्नी शब्द मा 'रक्षण' को भाव त्यहि लुप्त भएको छ जहां सभ्यता को तिरोभाव भएर पुरुष लाई पति र स्त्री लाई दासी मान्न थालियो। यो सभ्यता को सूचक हैन बरु पाशविक बल को प्रधानताको सूचक हो।